सुचना, समाचार र मनोरन्जन

‘छक्का पञ्जा ५’सँग जुध्न ‘ज्वाइँ साब’आएपछि माग्नेबुढा भन्छन् : वार्ता र संवादको माध्यमबाट हल हुनेछ

काठमाडौं :

असोज २४ गते फूलपातीबा दिन हलमा प्रदर्शन हुन लागेको फिल्म ‘छक्का पञ्जा ५’सँग अर्को फिल्म जुध्ने भएपछि विभिन्न टिका टिप्पणी गर्न थालिएको छ। बसन्त निरौला निर्देशित फिल्म ‘घर ज्वाइँ’ पनि छक्का पञ्जाकै मितिमा प्रदर्शन हुने भएपछि फिल्मका निर्माता केदार घिमिरेले यसको समस्याको समाधान वार्ता र संवादबाट गर्ने बताएका छन्।

Pach Pandav

अभिनेता घिमिरेले फेसबुक मार्फत हास्य कलाकारबीच यस्तो खाले द्वन्द्व अहिलेसम्म नभएको र यो पनि वार्ताको माध्यमबाट हल हुने प्रतिक्रिया दिएका हुन् ।

उनी लेख्छन्, ‘हास्य कलाकारहरुको बीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन र यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ । केदारप्रसाद घिमिरेले बताए । समाचार सकियो ।’

फिल्ममा वर्षा शिवाकोटी,दीपकराज गिरी र केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’को मुख्य भुमिका रहेको छ।।

Leave A Reply

Your email address will not be published.