सुचना, समाचार र मनोरन्जन

नन्दिनी हर्वल केयर प्रालिका उत्कृष्ट ब्राण्डहरू नेपालमा

काठमाडौं :

नन्दिनी हर्वल केयर प्रालिका उत्कृष्ट ब्राण्डहरू नेपालमा पनि भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुवई, कतार, थाइल्याण्ड, न्यूजिल्याण्ड, ओमन, बंगलादेश, श्रीलंकालगायत करिब ४५ वटा देशहरूमा निर्यात हुँदै आएको नन्दिनी अग्र्यानिक ब्राण्डका अग्र्यानिक सौन्दर्य सामग्रीहरू औपचारिक रूपमा नेपाल भित्रिएको हो ।

कम्पनीका उत्पादक नन्दिनी हर्वल भारतका प्रबन्ध निर्देशक हितेश लिम्बानीका अनुसार सन स्क्रिन, मोश्चराइजर, फेश वास, डे क्रिम, नाइट क्रिम, इसन्सियल आइललगायत थुप्रै अग्र्यानिक सौन्दर्य सामग्रीहरूको बिक्री वितरण गर्न लागेको हो।

उनले नेपाली उपभोक्ता माझ भारतीय सौन्दर्य सामग्रीहरूको विश्वासका कारण लामो अनुसन्धानपछि आफ्ना अग्र्यानिक सौन्दर्य सामग्रीलाई सहज रूपमा बजारीकरण गर्न सकिने अवस्था देखेर नेपालमा नन्दिनी अग्र्यानिक ब्राण्डका सौन्दर्य सामग्री भित्राएको बताए। सञ्चारकर्मी सोनीतराज ढुंगेलले सञ्चालन गरेको कार्यक्रमलाई सञ्चारकर्मी राज लुइँटेलले सहजीकरण गरेका थिए।

Leave A Reply

Your email address will not be published.