सुचना, समाचार र मनोरन्जन

राजेश हमालले स्वर भरेसँगै सकियो ‘नरसिंहा अवतार’को डबिङ

काठमाडौं :

फिल्म ‘नरसिंहा अवतार’को अभिनेता राजेश हमालले स्वर भरेका छन्। उनले फिल्मको डबिङ सकिएसँगै सबै काम सकिएको हो। निर्माण पक्षका अनुसार अभिनेता हमालले ‘के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल’डाइलक बोल्दै डबिङ सकाएका हुन्। यही फिल्मबाट हमाल ८ वर्षपछि कमब्याक गर्दैछन्।

उनले दीवाकार भट्टराई निर्देशित यस फिल्मको डबिङ सकिएपछि अब फिल्मको लागि प्रदर्शनका लागि भोली समय तोकिन लागेको छ। पुरानो बानेश्वरस्थित एक क्याफेमा भोली कलाकारलाई साँची राख्दै फिल्मको प्रदर्शन मिति तोकिन लागेको हो।

फिल्ममा हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह लगायतको अभिनय रहेको छ। राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको नृत्य निर्देशन, चन्द्र पन्तको एक्सन कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजीत बासकोटा, अर्जुन पोखरेलको संगीत छ। फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र धु्रव न्यौपानेको लगानी छ।

Leave A Reply

Your email address will not be published.