सुचना, समाचार र मनोरन्जन

चन्द्रागिरी महोत्सवमा गायक नारायण थापाले मचाए धुम

काठमाडौं :

चर्चित गायक नारायण थापा ले दोस्रो चन्द्रागिरी औद्योगिक, सांस्कृतिक, पर्यटन, व्यापार तथा तिहार महोत्सव–२०८२ मा आफ्नो दमदार प्रस्तुतीले दर्शकलाई मन्त्रमुग्ध पारेका छन्।

उनले ‘मायाले’, ‘डबल पारेर’, ‘बरपिपल’, ‘लेख्या माया पाईएन’ लगायतका लोकप्रिय गीतहरू गाउँदै दर्शकलाई नाच्न र गाउन बाध्य पारे। दर्शकहरूको हुटिङ र साथले उत्साहित बनेका थापाले आफ्नो प्रस्तुतीमार्फत चिसिएको मौसममा पनि तातो माहोल सिर्जना गरेका थिए।

दुई दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय थापाका एक दर्जनभन्दा बढी नयाँ गीतहरू बजारमा आउने तयारीमा रहेका छन् भने केही गीतहरू हाल रेकर्डिङको क्रममा छन्।

महोत्सवमा उनका गीत सुन्न र हेर्न ठूलो संख्यामा दर्शक उपस्थित थिए। कार्यक्रममा उनको जोशिलो प्रस्तुतीले महोत्सवलाई झनै रंगिन बनाएको आयोजकले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.