सुचना, समाचार र मनोरन्जन

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नारायणी नदी किनार

नवलपरासी,

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यको रूपमा विकास हुँदै गएको हो ।

नदी किनारमा चटपट तथा पानीपुरीको ठेला राख्दै आउनुभएका माधव अर्यालले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकहरुको उपस्थिति उल्लेख्य रहने गरेको बताए। “सामान्य दिनमा २००–२५० जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा सार्वजनिक बिदाको दिनमा ५०० को हाराहारी पुग्छन्”, उनले भने, “तिहारको बेला यहाँ दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा आगन्तुक आएका थिए।”

तिहारलगत्तै परेको बिदाका दिनमा परिवार तथा टोलका मानिसको ३०–३५ वटा समूह दैनिक रूपमा वनभोज खानकै लागि यहाँ आउने गरेका अर्यालले जानकारी दिए। ब्रम्हस्थानको नारायणी हाइट क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोही, नदीको पारिपट्टी रहेको चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्यले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका उनको भनाइ छ । यहाँ घुम्न आउने मानिसहरुले सुन्दरतासँग फोटो खिच्ने तथा टिकटक भिडियो बनाउने गरेका अर्यालले बताए।

यस क्षेत्रमा पर्यटकहरुको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भ ९भ्यूटावर०सहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भएपनि बजेट अभावमा भ्यूटावर निर्माण अलपत्र परेको स्थानीय सुवास नेपालले बताए।

क्जष्खबm ऋझभलत
यहाँ स्थानीय भूतपूर्व सैनिकको पहलमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको उनले बताए। “ब्रम्हस्थानको यस पार्कमा मानिसहरु दृश्वालोकनसँगै ड्राइ पिकनिक, पिकनिकका लागि आउने गरेका छन्”, उनले भने, “पार्कभित्र पिकनिक स्पोटसमेत रहेकाले पछिल्लो समय ब्रम्हस्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।”

Pach Pandav

पार्क नजिकै रहेका होटलहरुमा नारायणी नदीको माछा तथा थारु र बोटे समुदायको मौलिक खानाको स्वाद लिन पाइने भएकाले पनि मानिसहरु ब्रम्हस्थान आउने गरेका स्थानीय व्यवसायी गीता कुमालले बताए।

“यहाँ छिमेकी जिल्ला चितवन, तनहुँ, रुपन्देहीबाटसमेत मानिसहरु घुम्न आउने गरेका छन्”, उनले भने, “एकपटक आएका मानिसहरु यहाँको सुन्दरताका कारण पटकपटक आउने गरेका छन् ।” यहाँ पार्कबाहेक अन्य संरचना निर्माण नहुँदै मानिस आउन थालेका भन्दै कुमालले यस क्षेत्रको प्रर्वद्धन र प्रचारप्रसार गर्न सके नवलपुरकै मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास हुने सम्भावना रहेको बताए।

मध्यविन्दु–७ चोरमाराबाट परिवारसहित पारिवारिक वनभोजम आउनुभएका जयश्वर भण्डारीले यहाँको दृश्यावलोकनले आफूलाई आकर्षित गरेको बताए। “परिवारका सदस्य भेला भएको बेला चार पाँच घण्टा समय मिलेमा घुम्न आउने ठाउँ बनेको छ”, उनले भने, “घरबाट सवारीसाधनमा आधा घण्टामा पुगिने र प्रकृतिमा समय बिताउन पाउने भएपछि सबै जना खुसी हुन्छन्।” घरबाट नजिकै पारिवारिक रूपमा रमाउन उपयुक्त ठाउँ ब्रम्हस्थान भएपछि उहाँहरु परिवार र छिमेकी गरी २० जनाको समूहमा घुमफिर र रमाइलो गर्न आएको भण्डारीले बताए।

मध्यविन्दु–७ बाटै परिवारसहित आएका लोकनाथ भण्डारीले तिहारको बेला जम्मा भएका चेलीबेटी लिएर घुमफिरका लागि आएको बताए। “तिहारको बेला घरमा भेला भएका छोरी तथा नातीनातिना लिएर यहाँको पार्कमा आएका छौँ”, उनले भने, “पार्क राम्रो लाग्यो । तर, यो पार्क अलि व्यवस्थित भएको रहनेछ, पार्क वरिपरी सरसफाइमा ध्यान दिनुपर्‍यो।”

पार्कमा भन्दा नदी किनारमा मानिस धेरै बस्ने गरेका भन्दै उनले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्नेमा जोड दिए। “नदी किनारबाट नदी अवलोकन सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ”, उहाँले भन्नुभयो, “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ।”

व्यवस्थित र पर्याप्त बस्ने ठाउँको अभावमा मानिसहरु नदीको ढिकमा उभिने, नदी तटबन्ध गरिएको ग्याभिनमा गएर फोटो, भिडियो ९श्रव्यदृश्य० बनाउने गरेको दृश्य देखिएको भन्दै भण्डारीले यसलाई सुरक्षित पार्न स्थानीय समिति लाग्नुपर्ने बताए।

“ब्रम्हस्थान किन जाने भनेर भन्दा नारायणी, गोही, गैँडा, निकुञ्ज, सूर्यास्तको दृश्यावलोकन गर्न भनेर भन्न सकिन्छ”, उनले भने, “अब यस स्थानलाई सुरक्षित र केही भौतिक संरचना थप्दा जिल्लाकै प्रमुख गन्तव्य बन्न सक्छ ।”

Leave A Reply

Your email address will not be published.