एजेन्सी :
बलिउड अभिनेत्री नर्गिस फाख्रीले आफ्नो प्रेम जीवनलाई सार्वजनिक गर्दै अमेरिकाका व्यवसायी टोनी बेइगसँग फेब्रुअरी २०२५ मा गोप्य विवाह गरेको घोषणा गरेकी छन्।
यो विवाह क्यालिफोर्नियामा निजी रूपमा सम्पन्न भएको थियो र समारोहमा मात्र परिवार र नजिकका साथीहरूलाई मात्र निमन्त्रणा गरिएको थियो। विवाहको कुनै फोटो सार्वजनिक गरिएका छैनन् र जोडीले यसको गोपनीयतालाई कायम राख्न चाहेका छन्।
नर्गिस फाख्रीले लामो समयदेखि आफ्नो प्रेम सम्बन्धलाई मिडिया र दर्शकबाट टाढा राख्दै आएका थिए। उनले अहिले मात्र विवाहको खबर सार्वजनिक गरेर सबैलाई चकित पारिन्।
टोनी बेइग अमेरिकामा सफल व्यवसायी मानिन्छन् र उनलाई नर्गिसले आफ्नो जीवनसाथीका रूपमा परिचय गराएकी छन्। यो समाचारले बलिउड र उनका समर्थकहरूमा खुसी र उत्साह फैलाएको छ।