सुचना, समाचार र मनोरन्जन

‘लभ पर्‍या छ’भन्दै आए गायक नरेश खाती र गायिका सुमिरा गिरी

काठमाडौं :

चर्चित गायक नरेश खाती र गायिका सुमिरा गिरी ‘लभ पर्‍या छ’छ भन्दै स्रोता तथा दर्शकमाझ आएका छन्। नरेश र सुमिराको आवाजमा रहेको ‘लभ पर्या छ’को गीतको भिडियो सहित दर्शकमाझ आएका हुन्।

गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन्। बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन्। अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन्।

Pach Pandav

सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ। प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ।

आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ।एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ।

प्रकाश खड्काले छायांकन गरेको यो भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.