सुचना, समाचार र मनोरन्जन

‘कालो अक्षर, रातो अक्षर’ हेर्न नाटकघरमा एमाले नेताको भिड

काठमाडौं :

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्माण गरेको नाटक ‘कालो अक्षर, रातो अक्षर’ हेर्न एमालेका शिर्ष नेताहरु नाटकघर पुग्न थालेका छन्। शैक्षिक असमानता र बेथितिका यस्ता अनगिन्ती प्रश्न बोकेको नाटक हेर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्षदेखि अखिल क्रान्तीकारीका अध्यक्ष पञ्चाकुमारी सहित पुगेका छन् ।

Chaka Panja

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेताहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, कैलाश ढुङ्गेल, रमेश पौडेल, अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराई, नवीना लामा, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चाकुमारी सिंहलगायतका विद्यार्थी नेताहरुसमेत गरी करिब एक हजार पाँच सयभन्दा बढीले नाटक हेरिसकेका छन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालको परिकल्पना, आरके थोमसको लेखन र दिलीप खड्काको निर्देशन रहेको छ। नाटकले शैक्षिक क्षेत्रका बेथितिविरुद्ध आवाज उठाएको अध्यक्ष बडालले जानकारी दिएका छन्। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा यही असोज १७ गतेदेखि २७ गतेसम्म हरेक दिन साँझ मञ्चन भइरहेको छ।

नाटकमा अनुप न्यौपाने, अजय लामा, दीपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगीता थापा, सञ्जीव राई, सुजैन सिलवाल, सुदीप खतिवडा, शान्ता राईले अभिनय गरेका छन् ।
नाट्यकर्मीहरुका अनुसार यो नाटक दसैं तिहारपछि प्रदेशस्तरमा पनि मञ्चन गरिने छ।

Leave A Reply

Your email address will not be published.