सुचना, समाचार र मनोरन्जन

चैत १ गते देखि, पोखरामा एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’को आयोजना हुँदै

कास्की :

एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । बाह्रखरी मिडियाले हरेक वर्ष यस कार्यक्रमको आयोजना गर्दै आएको छ। यसैलाई निरन्तरता दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो। यो सातौै सस्करण हो।

यो कार्यक्रमसंगै देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य रहेको पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरेको छ।

आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रमुख प्रायोजक एनसेल रहेको छ भने सह–प्रायोजक बीवाईडी रहेको जानकारी गराइयो। गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै र पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा उभिएको छ।

चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर–मझेरीपाटनसम्म साइकल ¥याली आयोजना गर्दै पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउने उदेश्य रहेको आयोजकले टिमले जानकारी दिएको छ।

पोखरापछि चैत २ गते काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी, सुर्खेतलगायत स्थानबाट पोखरा पुग्ने ३०० बढी ‘कर्पोरेट पाहुना’लाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखिएको छ। पोखरा बाहिरबाट आउने पाहुना समूहमा कर्पोरेट नेतृत्व वर्ग सहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधिहरू तथा वरिष्ठ पत्रकार एवं सम्पादकहरू रहने छन्।

यो कार्यक्रमलाई सोही दिन अर्थात चैत २ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै छलफल कार्यक्रम राखिएको छ। उनीहरुको सल्लाह सुझावलाई लिएर नगरलाई सुधार्नेतर्पm अग्रसर हुने नगुप्रमुखको योजना रहेको छ।

चैत ३ गते बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने सोही दिन प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले पनि अन्तरक्रिया कार्यक्रममा सहभागी बताइएको छ। सो कार्यक्रममा देशभरका युवा उद्यमी सहभागि हुनेछन् ।

आयोजकका अनुसार प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि हात खाली खाली नपार्ने केहि पुरस्कार प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए।

पोखरामा देशभरिबाट आउने पाहुनाका लागि रेबान पोखराका सदस्य रेस्टुरेन्टहरूले २५ प्रतिशत सहुलियत दिने निर्णय गरिसकेको छ भने पोखराका २० भन्दा बढी होटेलहरूमा बसोबासको व्यवस्था गरिने छ। यसअघि पनि पोखरामा बाह्रखरीले यो प्रतियोगिता आयोजना गरेरेर चर्चा कमाएको थियो। त्यसैको निरन्तरताका लागि यस पटक पनि कार्यक्रमको आयोजना गरेको उनीहरुको भनाई छ।

Leave A Reply

Your email address will not be published.