सुचना, समाचार र मनोरन्जन

आखिर किन पठाइन त नायिका केकीले आफ्नो श्रीमानलाइ बिदेश ? ( भिडियो )

काठमाडौं :

बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन्। यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन्।

एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही नलागेर अन्तिम बिकल्पको रुपमा बिदेश नै रोज्छ यही कथामा यो  गीतको भिडियो तयार पारिएको छ । राम प्रसाद पाठकले लेखेका गीतका शब्दमा चन्डी प्रसाद काफ्लेको संगीत  गरेका छन् ।  केकी अधिकारी, राजन न्यौपाने, कलश पाण्डे र रोशन श्रेष्ठ फिचर्ड गीतको भिडियो पछिल्लो समयका लोकप्रिय निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन्।

भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र  विकास दाहालको सम्पादन रहेको छ।  २ दशक देखि जापानमा रहेका गायक राजन न्यौपानेले ४ बर्ष देखि  गुरु चन्डी प्रसाद काफ्ले संग अनलाइन सगीत क्लास लिइरहेका छ्न  आफ्नो ब्यस्त  दैनिकी बीच पनि आफ्नो जन्मभुमी प्रतिको माया र नेपाली कला छेत्रलाइ सम्झिदै केहि नौलो र संदेश मुलक गीतहरु गर्ने आफ्नो उद्देश्य रहेको जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.