सुचना, समाचार र मनोरन्जन

‘पिताम्बर’को नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै छायांकन सुरु

नवलपरासी :

कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ। नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो। सिनेमाका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिइन् ।

गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा गरिएको सिनेमाको फागुन ११ गतेबाट पहिलो चरण अर्न्तगतको १५ दिने सेड्युलको निरन्तर छायांकन थालिएको हो। सिनेमाको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईले बताइन्।

Pach Pandav

सिनेमाको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल सिनेमामो दोस्रो सेड्युलमा मात्रै जोडिनेछन्।

निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो । सिनेमामा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले सिनेमा केही फरक र स्पेशल बन्ने देखिन्छ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । सिनेमाको तीन चरणमा छायांकन हुनेछ। यसपछि सिनेमाको बाकी छायांकन बैशाख र असार-साउनमा हुनेछ।

सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन्। उनी सिनेमाको दोस्रो चरणको छायांकनमा जोडिनेछन्। प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन्। सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.