सुचना, समाचार र मनोरन्जन

नीताले ‘पार्वती’ निर्देशन गर्ने, कलाकारका रुपमा दीपाश्री फाइनल

काठमाडौं :

अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म ‘सुख–दुःख’भन्दा अघि ‘पार्वती’ निर्देशन गर्ने भएकी छन्। हाल अष्ट्रेलियामा रहेकी रहेकी ढुङ्गानाले यस फिल्मको कलाकारका लागि दीपाश्री निरौलालाई पक्का गरेकी छन्। नीताको यो फिल्म डेब्यू निर्देशन हुनेछ।

प्राविधिक पक्षमा कबिर लालको टिमले फिल्मको छायांकन गर्नेछ। त्यसका लागि यतिबेला यो फिल्मको प्रि–प्रोडक्सनको काम चलिरहेको छ।
नीता यतिबेला अष्ट्रेलियामा रहेकी छन्। उताबाट फर्किएपछि अन्य कलाकारहरु फाइनल गर्नेछिन्।

‘सुख दुख भन्दा अघि नै ‘पार्वतीको काम गर्ने तयारीमा छु,‘नीताले परिचियसँगको कुराकानीमा भनिन्,‘यस फिल्मका लागि दीपाश्री दिदीलाई अनुबन्ध गरिसकेका छाँै भने छायांकनमा कबिरलाल हुनुहुन्छ। अन्य कलाकारको टुङ्गो नेपाल आएपछि गर्नेछु।’

भदौबाट छायांकन सुरु हुने यो फिल्म आउँदो वर्षको वैशाखतिर रिलिज गर्ने योजना निर्माण पक्षको छ। नीता अभिनित ‘रियल रिङ्गेट र मन बिनाको धन’ रिलिजको तयारीमा छन्।

Leave A Reply

Your email address will not be published.