सुचना, समाचार र मनोरन्जन

‘भ्वाइस किड्स’मा शुक्रबारदेखि ब्याटल राउण्ड सुरु, ४८ बालप्रतिभाबीच प्रतिस्पर्धा

काठमाडौं :

गायन रियालिटी शो ‘भ्वाइस किड्स’को ब्याटल राउण्ड शुक्रबारदेखि सुरु हुँदैछ। ब्लाइन्ड अडिसन चरण सम्पन्न भएसँगै चार जना कोचले आफ्नो–आफ्नो ड्रीम टिम तयार गरिसकेका छन्। ‘भ्वाइस किड्स’ हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजनमार्फत प्रसारण हुँदै आएको छ।

प्रत्येक टिममा १२ जना प्रतियोगी रहनुले गर्दा ब्याटल राउण्डमा जम्मा ४८ जनाबीच प्रतिस्पर्धा हुनेछ। यस चरणमा ३ जना प्रतियोगीलाई एउटै समूहमा राखेर गाउन लगाइनेछ। तीमध्ये केवल एक जनाले मात्र अर्को चरणमा जाने मौका पाउनेछ भने दुई जना बाहिरिनेछन्।

ब्याटल चरणपछि प्रत्येक टिममा ४ जना प्रतियोगी मात्र बाँकी रहनेछन्। तर, कोचहरूले अन्य टिमका दुई(दुई जना प्रतियोगीलाई ‘स्टिल’ गरेर आफ्नो टिममा ल्याउन सक्नेछन्। यसरी अन्ततः प्रत्येक टिममा ६ जना प्रतियोगी रहनेछन्, जसले ‘लाइभ शो’मा प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रममा कोच सत्यराज आचार्य, मिलन नेवार, मेलिना राई र खेम सेन्चुरी छन्। चारै कोचको टिममा रहेका प्रतियोगीहरू :

टिम सत्यराज आचार्य
अविनाश तामाङ, आदित्य राई, एलिसा शर्मा, एलिया अधिकारी, अपूर्व आचार्य, दिक्षिता मिश्र, दिउजा रुवाली, किरण सुनार, प्रज्वल पौडेल, रिदम खड्का, संगीत मानंदर, समयान बजगाईं।

टिम मिलन नेवार
अनुष्का पाण्डे, एलिन राई, आयश्री लकान्दरी, आशिष कोइराला, सुज्ञान खनाल, सुवास गोतामे, श्रीजय महत, प्रियांश सापकोटा, मुन्सा राई, मिसन विक, निश्चल लिम्बु, ज्यास्मी तामाङ।

टिम मेलिना राई
दावा यनग्चेन लामा, लिरिक राज्यलक्ष्मी, नरेन लोय क्षेत्री, नुसानी राई, सन्ध्या भट्टराई, श्रीयान रसाइली, सोनाम श्रेष्ठ, सोनाली राजभण्डारी, सैमा राई, प्रशान्त सुनार, रोशना विष्ट, प्रज्ञा डोल्मा तामाङ।

टिम खेम सेन्चुरी
आदर्श धिताल, एलिसा बास्तोला, अन्जलबाबु कटेल, अर्पण विश्वकर्मा, अभय दवाडी, हेमन्त सुनार, धर्मराज दुलाल, महल्सा श्रेष्ठ, सोहन बराइली, निर्देशिका अक्षामे, सिर्पा खड्गी, स्वोर्निम लिम्बु।

Leave A Reply

Your email address will not be published.