सुचना, समाचार र मनोरन्जन
Pdms

नीताले आफ्नो फिल्म ‘सुख दुःख’मा मिथिला शर्मालाई अनुबन्ध गर्दै लेखिन् मन छुने स्टाटस

काठमाडौं :

नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको नेपाली ‘सुख दुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। अभिनेत्री शर्मालाई निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो।

निर्देशक अधिकारीे शर्मालाई फिल्ममा अनुबन्ध गरेपछि आफु निकै उत्साहित भएको बताईन्। उनले सामाजिक सञ्जालमार्फत अभिनेत्री शर्मालाई फिल्ममा अनुबन्ध गरेपछि फिल्म पुर्ण हुँदै गएको उल्लेख गरेकी छन्।

उनले लेखेको मन छुने स्टाटसमा भनिएको छ,‘चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा म्याम, हजुरलाई सहभागी गराउन पाउँदा यो मन धेरै नै उत्साहित छ। सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछु।’

निर्देशक अधिकारीले फिल्मलाई स्वर्गीय निर्देशक शिव रेग्मी र स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनासहित पितृहरूको आशीर्वादस्वरूप निर्माण भइरहेको उल्लेख गरेकी छन्। उनले थप भनिन्, ‘पितृको आशीर्वादले सबै कुरा राम्रो हुन्छ भन्ने विश्वस्त छु।’

नीता फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा यसअघि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्ध भएका थिए। नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ। यो फिल्म अर्को दशैँमा प्रदर्शन हुने तयारीमा रहेको छ।

Leave A Reply

Your email address will not be published.