सुचना, समाचार र मनोरन्जन

‘ए चेलिबेटी’ सार्वजनिक, तीजको रौनकलाई फरक धारमा ल्याउने प्रयास

काठमाडौं :

गायक तथा सिर्जनाकार डेभिड शंकरले तीजको अवसरमा नयाँ गीत ‘ए चेलिबेटी सेवा गर्ने मौका देउ एकचोटी’ सार्वजनिक गरेका छन्। तीज २०८२ लाई लक्षित गर्दै तयार पारिएको यस गीतमा सामाजिक सन्देशसहितको प्रस्तुति गरिएको छ।

गीतमा डेभिड शंकरकै स्वर, शब्द तथा कथा रहेको छ भने दीपक शर्मासँग मिलेर उनले गीत लेखेका हुन्। सङ्गीत पनि दीपक शर्माकै रहेको छ। गीतमा लोकप्रिय कलाकार दीपाश्री निरौला, रीमा विश्वकर्मा, सुदिर श्रेष्ठ, कुसुम शर्मा र मिस पबीको अभिनय देख्न सकिन्छ।

गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा नारी सशक्तिकरण, सम्मान र अवसरको मागलाई मुख्य विषयवस्तु बनाइएको छ। भिडियोको छायांकन देव डोर्जे लामाले गरेका हुन् भने सम्पादन र रंग संयोजन प्रविण भट्टले गरेका छन्।

डेभिड शंकरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा नै दर्शकको ध्यान खिच्न सफल भएको छ। ९ घण्टा नबित्दै १२ हजारभन्दा बढी पटक हेरिएको यस गीतमा धेरै दर्शकहरूले गीतको विषयवस्तु र भिडियोको प्रस्तुति प्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

‘समयको मागअनुसार तीजको गीत पनि सोचसहित आउनु आवश्यक छ,’ गायक शंकरले बताएका छन्, ‘यो सिर्जना परम्परा र परिवर्तनको सन्तुलन कायम गर्न गरिएको प्रयास हो।’

Leave A Reply

Your email address will not be published.