काठमाडौं :
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बिक्री सुरु भएको छ। बुधबारबाट हलवालाहरुले फिल्मको अग्रिम टिकट बुकिङ खुलाएको हो। आज दिउँसो १ बजेसम्म फिल्मले देशव्यापी ७० हाराहारीमा शो पाइसकेको छ भने बिहीबार अझै वृद्धि हुने देखिएको छ।
बुधबार क्यूएफएक्सले देशव्यापी ४३ शो दिएको छ भने आईएनआईले ८ शो दिएको छ। भोलीबाट प्रदर्शनरत फिल्मको अवस्था हेरेर अझै शो बढ्ने अनुमान गरिएको छ। यहि मितिमा ‘केटी हराएको सूचना’ र ‘कंगुवा’ नआउने भएपछि फिल्मलाई ठुलो राहत मिलेको हो।
अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेको फिल्ममा नीताका अलवा हरिहर अधिकारी,प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुइँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ। ६ करोड लगानी परेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।