सुचना, समाचार र मनोरन्जन

महानायक भन्नेहरुलाई दीपकको आग्रह,मैले महानायक पद मागेको छैन,यस्तो कमेन्टकर्तालाई सिधै ब्लक

काठमाडौं :

अभिनेता तथा निर्देशक दीपकराज गिरीलाई मान्छेहरुले महानायक भन्दै उडाइरहेका हुन्छन्। उनले सामाजिक सञ्जालमा लेखेको कुरामा समेत महानायक भन्दै नकरात्मक टिप्पणी गरिरहेका हुन्छन्। यसबाट आजित भएक अभिनेता दीपकराज गिरी निकै रुष्ट देखिएका छन्।

उनले शुक्रबार फेसबुकको पर्खाल आफ्नो बिचार पोख्ने थलो हो , यहॉ आफूलाइ के मन पर्छ त्यो लेख्ने हो दुनियॉ लाइ के मन पर्छ त्यो लेख्ने होइन शुभदिन‘।’ लेखेका छन्। उनको लेखमा नकरात्मक प्रतिक्रिया आएपछि उनले आफुलाई महानायक नभन्न र त्यस्तो प्रतिक्रिया दिनेलाई ब्लक गर्ने उल्लेख गरेका छन्।

Pach Pandav

उनी कमेन्ट बक्समा लेख्छन्,‘आजबाट जस जस्ले मलाइ महानायक सम्बोधन गर्नु हुन्छ । उहॉलाइ मेरो फेसबुकमा ब्लक गर्दैछू। यो पद न मैले कहिले दादी गरेको थिए न गर्नेछू‘तर मैले बारम्बार भन्दा पनि भेडापन्थि देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन । ‘फरक बिचार स्वागत ,असभ्यता अस्विकार‘ शुभदिन ।’

हुन पनि हो एउटै कुरा बारम्बार दोहोरीएपछि मान्छेलाई रिस उठ्नु स्वभाविक हो। एक कार्यक्रममा अभिनेत्री दीपाश्री निरौलाले महानायकको सन्दर्भमा राजेश हमाल महानायक हो र? भनेकी थिइन्। उनले कोरोनाको समयमा राजेश हमालले एक शब्द बोल्दा फिल्मका प्राविधिकहरुलाई राहत मिलाउन सकिन्थ्यो। उनी नबोले पछि महानायक हो र भन्ने आशय व्यक्त गरेकी थिइनँ।

सोही कुरालाई लिएर केहि कमेन्टकर्ताहरुले दीपकमाथी आक्रोश र व्यङ्ग्य पोखिरहेका हुन्छन्। यसबाट आजित भनेका गिरीले आफुलाई महानायक भन्ने शब्द लेखे ब्लक गर्ने उल्लेख गरेका हुन्। उनीहरु अभिनित फिल्म ‘छक्का पञ्जा ५’अहिले पनि प्रदर्शनरत रहेको छ।

Leave A Reply

Your email address will not be published.