सुचना, समाचार र मनोरन्जन

प्रमोदको ‘बेग्लै खुशी’मा आकाश र करुणाको रोमान्स

काठमाडौं :

गायक प्रमोद खरेलको ‘बेग्लै खुशी’मा करुणा श्रेष्ठ र आकाश श्रेष्ठले रोमान्स गरेका छन्। हालै सार्वजनिक भएको यो गीतको भिडियोमा करुणा र आकाशले रोमान्स गरेका हुन्। प्रेमिल जोडीको भूमिका निर्वाह गरेको यो गीतको भिडियोमा प्रेम सम्बन्धमा आउने उतारचढाव र सँगै बिताएका रमाइला क्षणहरूलाई प्रस्तुत गरेको छ, जसले प्रेमको गहिराइलाई दर्शाउँछ।

Pach Pandav

चनु थापा निर्मात्री रहेको यस भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। भिडियोको सम्पादन विकास धमलाले गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा रवि के अधिकारीको शब्दहरूलाई राजेन्द्र वाइवा तामाङले संगीतबद्ध गरेका छन्। गीतको मिक्स र मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेका हुन्।म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ।

Leave A Reply

Your email address will not be published.