काठमाडौं :
अभिनेत्री साम्राज्ञी आरएल शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले निर्माणाधीन फिल्म ‘आहुतिः द वे अफ चेन्ज’बाट अभिनय यात्रा थालेकी छन्। फिल्मको सेटबाट साम्राज्ञीले आमा नेहाको गेटअपसहितको तस्वीरहरु इन्स्टाग्राममा सेअर गरेकी छन्।
यो फिल्म एकसाताअघिबाट नेपालको पुर्वी जिल्ला पाँचथरमा छायांकन भइरहेको छ। ‘आहुति’मा साम्राज्ञीको प्रमुख भूमिका अभिनय गरिरहेकी छन्।
भवानी संग्रौलाको निर्देशनमा तयार भइरहेको ‘आहुति’मा साम्राज्ञी र नेहासहित प्रकाश दूतराज, रिहान गिरी लगायतको अभिनय छ। प्रकाश गायक हुन्। यसअघि नेहाले चार वर्षअघि गाएको ‘तिमी र म’गीत चर्चामा रहेको थियो। जहाँ साम्राज्ञी र देवांश राणाले अभिनय गरेका थिए।