सुचना, समाचार र मनोरन्जन

नेपाल वायुसेवा निगमले जापानमा उडान थप्दै

काठमाडौँ,

नेपाल वायुसेवा निगमले जापानमा उडान थप्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै निगमले यस्तो निर्णय गरेको हो ।

यही सेप्टेम्बर १८ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार गरेको छ ।

सो अनुसार काठमाडौँ–नारिता–काठमाडौँ उडान मङ्गलबार, बिहीबार, शुक्रबार र आइतबार सञ्चालन हुनेछन् । हाल सो उडान हप्तामा तीन वटा सञ्चालन हुँदै आएको छ ।

साथै, नेपाल वायुसेवा निगमको एयरबस वाइडबडी अन्नपूर्ण विमान समयानुसार नियमित गर्नुपर्ने चौथो सी–चेक सम्पन्न गरी हालै स्वदेश फर्किएको छ ।

काठमाडौँ–दुबई को नियमित उडानमा ७ जुलाई २०२६ मा गई इटालीमा विमानको विस्तृत प्राविधिक मर्मत सफलतापूर्वक सम्पन्न गरी ६ अगस्ट २०२६ मा काठमाडौँमा अवतरण गरेको हो ।

उक्त जहाज निगमको नियमित उडान सञ्चालनमा आइसकेको छ । सी–चेक विमानको निर्धारित अवधिमा गरिने महत्त्वपूर्ण र विस्तृत प्राविधिक मर्मत प्रक्रिया हो ।

त्यसैगरी सेप्टेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने फ्लाई दुबईको नियमित उडानका लागि निगमले पुर्‍याउने स्थलगत सेवाको तयारी पूरा भएको छ ।

Leave A Reply

Your email address will not be published.