
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मेट्रो ल्याब्सको निःशुल्क मधुमेह परीक्षण अभियान जारी, ५ हजारभन्दा बढीको परीक्षण गर्ने लक्ष्य
- विक्की श्रद्धाको ‘ककाकिकी’को प्रिमियरमा चलचित्रकर्मीले गरे प्रशंसा
- नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको जोड
- घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
- फेरी मान्यता पायो गगन सभापति रहेको कांग्रेसले
- फेवा किङ्स कप भलिबलः एपिएफद्वारा पुलिस पराजित
- १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्यो
- फेवा किङ्स कपः पहिलो खेलमा गण्डकी प्रदेश विजयी
- नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक: अर्थमन्त्री वाग्ले
- चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
लिस्बन (पोर्चुगल),
पोल्यान्डमा पहिलो पटक ‘नेपाल महोत्सव, २०२६’ आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोल्यान्डको पोजनान शहरस्थित इम्पेरियल क्यासलमा यही जुलाई ११ तारिखमा महोत्सव आयोजना हुन लागेको हो ।

नेपाली कला, संस्कृति र पर्यटनको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्धेश्यले पोल्यान्डमा पहिलोपटक नेपाल महोत्सवको आयोजना गरिएको शाखाकी अध्यक्ष शान्ति श्रेष्ठले बताइन् । महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानसँग परिचित गराउँदै नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने उद्देश्य राखिएको उनले बताइन् ।
महोत्सवमा जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत तथा पोल्यान्डका लागि गैरआवासीय कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुयालको प्रमुख अतिथिका रुपमा सहभागिता रहनेछ । साथै पोल्यान्ड सरकारको कल्चरल डिपार्टमेन्ट, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ ।
पोजनानस्थित मार्चिन ८०/८२ को सेन्त्रुम कुल्टुरे जामेखमा भेला भई सहभागीहरुले नेपालको झण्डासहित नेपाली मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी तथा परम्परागत भेषभूषासहित सहरका मुख्य चोकहरुको परिक्रमा गर्ने कार्यक्रम तय भएको छ भने इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा भव्य कार्यक्रम हुने बताइएको छ ।
Next Post