
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पल र मलिकाको केमेस्ट्रीले जित्यो दर्शकको मन,‘अचेल किन कान्छी’हिट,पर्यो ट्रेण्डिङ वानमा
- दुई दशकअघिको कथा झल्काउने सौगात मल्ल स्टारर ‘जुबा’: राजस्थानदेखि सर्लाहीसम्म छायांकन
- ‘कबड्डी ५’ मा देखिनेछ काजीको बदलिँदो रूप, दयाहाङ भन्छन्– ‘यसपटक धेरै चिजसँग सम्झौता हुन्छ’
- न्यान्सी, सुशील र रिस्ताको भावुक अवतार : फिल्म ‘अक्षरा’को ‘भाग्यले होकी’ रिलिज
- ‘छ माया छपक्कै २’ को ‘मायामा एक्सपायरी डेट हुँदैन’रिलिज,दीपक–केकीको सम्बन्धमा सनिशाको प्रवेशले बढायो कौतुहलता
- ‘१२ गाउँ’को नयाँ गीत ‘रेशमी रुमाल’ सार्वजनिक: विराज र वर्षाको जोडी चर्चामा
- चाडपर्व सुरक्षामा ५० हजार प्रहरी, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
- जिसस कास्कीको टोलीद्वारा अन्नपूर्णका लागत साझेदारीका योजनाको अनुगमन
- पर्वतीय दौडमा राज गुरुङ र अर्जुन गोदारलाई सम्मान गरिने
- पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
नेपाल फेसन फेस्टिभल: फेसन शोमा डिजाइनरका नवीनतम सिर्जना
काठमाडौंँ :
फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरिरहेको तीन दिने नेपाल फेसन फेस्टिभलमा शुक्रवार साँझ डिजाइनर रनवे आयोजना गरिएको छ। वरिष्ठ कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलहरुले विभिन्न डिजाइनरद्वारा तयार पारिका पहिरनहरु प्रदर्शन गरेका थिए ।
फेसन शोमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएका थिए ।नेपाल फेसन फेस्टिभलमा आज शनिवार तथा भोलि आइतवार साँझ पनि फेसन शो आयोजना गरिँदै छ ।
शुक्रवारको फेसन शोमा परी कस्मेटिक्सकी दीपा गुरुङ, ज्वाला राज डिजाइन्स, सिम्रिक डिजाइन्स स्टुडियोकी प्रज्ञा चित्रकार, आइआइएफटी तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएको थियो । फेसन शोको पहिलो सिक्वेन्स ‘परी ‘ मा परी कस्मेटिक्सकी दीपा गुरुङले तयार पारेका पहिरनहरुलाई मोडेलहरु प्रकृति, सुरूचि, आयुष्मा, यञ्जु, प्राची, सारा, सिफाली, प्राची एले प्रदर्शन गरेका थिए ।
त्यस्तै, दोस्रो सिक्वेन्स ‘ज्वाला’ मा मेनाल्ड, रोनिश, तौफिक, साइरस, लोकेश, उत्सव, कृषाल, लकी तथा अंकितले विभिन्न पहिरन प्रदर्शन गरेका थिए । यो सिक्वेन्समा रनुशा, एलिशा, कविता तथा दीप्तिले पनि पहिरन गरेका थिए । तेस्रो सिक्वेन्समा प्रज्ञाका पहिरनहरुलाई सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।

चौथो सिक्वेन्समा आइआइएफटीका डिजाइनरले तयार पारेका पहिरनहरूलाई मोडलहरु प्रकृति, सुरुचि, आयुष्मा, यज्जु, याश्ना, प्राची, सारा, सिफाली तथा प्राची एले प्रदर्शन गरेका थिए । नमूना कलेजका फेसन डिजाइनरका विद्यार्थीहरूको पहिलो समुहले तयार पारेका पहिरनहरु मेघना, दीप्ति, टीका, निरिश्मा, रुपा, रनुशा, एलिशा, कविता तथा पुरुष मोडेलहरु कृषाल, रोनिष, तौफिक, लोकेशले प्रदर्शन गरेका थिए ।
लोगोका पहिरनहरु भने मिनाल्ड, रोनिष, तौफिक तथा लोकेशले प्रदर्शन गरेका थिए । जुजुका पहिरनहरु भने कृषाल, उत्सव, रोनिश, मेनाल्ड तथा लकीले प्रदर्शन गरेका थिए । फेसन शोको अन्तिम सिक्वेन्समा टरी मटियानाका पहिरनहरु सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।
आज साँझ ६ बजेदेखि प्रारम्भ हुने फेसन शोमा ए। रेजभोल, जेबीजी बेसपोक, ईन्टा अटायर, हेमजा, लोगों फेसन तथा नमूना कलेज अफ टेक्नोलोजीका डिजाइनहरु प्रदर्शन गरिँदैछ ।
तस्विर: राज थापा