
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौँ,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ दशमलव ६१ को कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य दुई, होटल तथा पर्यटन शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य दुई, र म्युचुअल फण्ड शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव २५, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ११, लगानी शून्य दशमलव ४२, जीवन बिमा शून्य दशमलव १८, लघुवित्त शून्य दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव १४, व्यापार एक दशमलव १६ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ ।
एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ ।
Next Post