Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- Exploring the Main Gaming Sections at Roosterbet
- रघुजी फिल्म्सको ‘तीन तीघ्रे क्या बिग्रे’ रफ्तारमा, पाँच नयाँ कलाकारको डेब्यु
- हलमा लाग्यो बहुप्रतिक्षित फिल्म ‘हली’, दर्शकको उत्साहजनक उपस्थिति
- ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक : प्रेम, त्याग, आत्मसम्मान र गुरुङ समुदायको जीवनकथालाई पर्दामा उतार्ने तयारी
- ‘रुकुम मैकोट’को सफलतापछि अशोक थापा मगर ल्याउँदैछन् ‘चाँदी जलप’
- ‘रोड टु एभरेस्ट’को पोस्टर र टिजर सार्वजनिक, भदौ ६ मा काठमाडौँमा प्रिमियर हुने
- टेलिभिजनमा फर्किए हर्के हल्दार, कमेडी बाजमा निरन्तर देखिने
- ‘बा : एक योद्धा’को डान्सिङ नम्बर ‘नभन्नू कोहीसित’ सार्वजनिक, केकी अधिकारीको नृत्य
- पोखरा ट्रेड मलमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ सुरु
- असममा बाढी, ९७ जनाको मृत्यु
नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
काठमाडौँ,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचकमा दुई प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।
मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको रू २७ करोड ६० लाख ३५ हजार १९३ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ ।