
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पेन्सन पट्टा र कबड्डी ५ को कमाईले दयाहाङको मुहारमा चमक
- कांग्रेस आफैँमा तरुण बन्दै गएको अनुभूति भएको छः विश्वप्रकाश शर्मा
- हरिवंश आचार्यको डबिङसँगै सुरु भयो फिल्म ‘चिरञ्जीवी भवः’को पोस्ट प्रोडक्सन
- सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधिमा कुनै भिन्नता छैनः मन्त्री पोखरेल
- काजीको मनोभाव समेटिएको ‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक
- एनपीएलः जनकपुरले काठमाडौंलाई हरायो
- विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस
- कांग्रेसको युवा क्लस्टरमा उमेर विवाद, सौगात थापाद्धारा निष्पक्ष छानविनको माग
- अब आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव
- नेपाल प्रिमियर लिगमा आज दुई खेल हुदै
नेप्से परिसूचक १० अङ्कले बढ्यो
काठमाडौँ,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको रू १७ करोड ७९ लाख तीन हजार ४१३ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता शेयर किनबेच भएको छ ।