
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दशैंमा टीभीएसको ‘गोल्डेन की’ अफर, पोखरामा एक्सचेञ्ज क्याम्प पनि सुरु
- नवौँ विश्वकर्मा भलिबल कप २०८३ को भव्य उद्घाटन
- उद्योगी व्यवसायीका समस्या समाधान गर्न परिणाममुखी सहकार्य आवश्यक : सौगात थापा
- असोज २ देखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को अग्रिम टिकट बुकिङ खुल्यो
- ‘झिंगे दाउ २’को भव्य प्रिमियर: उत्कृष्ट प्रतिक्रिया र प्रदर्शनअघि नै जापान राइट्स बिक्री
- पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने, उपसमिति गठन
- असोज २४ गते हुने पर्वतीय दौडलाई सफल पार्न पुम्दी-भुम्दीवासी एकजुट
- सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत, ऐतिहासिक कथामा दयाहाङ राईदेखि सरस्वती गुरुङसम्म
- न्यु मोडेलमा विज्ञान उत्सव: २ सयभन्दा बढी नवप्रवर्तनले खिचे अभिभावक र विज्ञको ध्यान
- २८औँ पोखरा सडक महोत्सव तथा विश्व पर्यटन दिवस मिनि सडक महोत्सवका लागि संयोजक चयन
नेप्से परिसूचक १० अङ्कले बढ्यो
काठमाडौँ,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको रू १७ करोड ७९ लाख तीन हजार ४१३ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता शेयर किनबेच भएको छ ।