सुचना, समाचार र मनोरन्जन

पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अघि बढ्यौँः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन ।

‘४९औं राष्ट्रिय एकता र मेलमिलाप दिवस’ का अवसरमा सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको सन्देशमा थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि कांग्रेस पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको बताएका हुन।

थापाले लेखेका छन– ’पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कुरा विधानतः बाध्यकारी मात्र होइन, पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ ।’

४९ वर्षअघि विषम परिस्थितिमा बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गर्दै नेपाल फर्किएको ऐतिहासिक दिन स्मरण गर्दै महामन्त्री थापाले परिवर्तनको यात्रामा एकअर्कालाई विरोध र निषेध नभइ राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अघि बढ्ने प्रेरणा आवश्यक रहेको उल्लेख गरेका छन ।

Leave A Reply

Your email address will not be published.