सुचना, समाचार र मनोरन्जन

सोमबार नेप्सेसँगै कारोबार रकम घट्यो

काठमाडौँ, शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ०७ अङ्कले घटेर २ हजार ९ सय ६२ दशमलव १३ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज विकास बैंक र व्यापार समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले बढेको छ।

आज विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे ८ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका ४ करोड ४१ लाख कित्ता शेयर १९ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave A Reply

Your email address will not be published.