Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति
- गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
- ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छः मन्त्री श्रेष्ठ
- ‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार आह्वान
- ‘लग्यौ परान’को सफलतापछि आयो ‘कार्की साइँला’को धमाकेदार टिजर
- प्रकाशको ‘पारिजात’ मा खुसीसँग गौरवको अव्यक्त प्रेम
- समुद्रले निल्दै नाइजेरियाली बस्ती
- गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
- भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
- ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
काठमाडौँ,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।
आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रसोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् ।
आजको कारोबारमा माबिलुङ्ग इनर्जी लिमिटेड, दरमखोला हाइड्रोइनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड, हिमस्टार उर्जा कम्पनी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड, सान्भी इनर्जी लिमिटेड, झापा इनर्जी लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर रहेको छ । कारोकार रकमको आधारमा आज वरुण हाइड्रोपावरको सबैभन्दा बढी रु २७ करोड ४० लाख ४४ हजार ४२१ बराबरको करोबार भएको छ । J