काठमाडौँ,
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा शुक्रबार १०.६७ अङ्कको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बजार २६१८.७२ विन्दुमा झरेर बन्द भएको हो।
कारोबार विवरण आज बजारमा ३४४ कम्पनीका कुल १ करोड २२ हजार कित्ता सेयर किनबेच भएका छन्। यसबाट कुल ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार बन्द हुँदा ७० वटा कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ भने १९८ वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्य भने स्थिर रहेको छ । धेरै कमाउने र गुमाउनेहरू आजको बजारमा ुटप गेनर्सु को सूचीमा सर्वोत्तम पेन्टस अग्रस्थानमा रहेको छ, जसको सेयर मूल्य १४९९ प्रतिशतले वृद्धि रुपैयाँ पुगेको छ ।
त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको मूल्य १३.८६ प्रतिशतले बढेको छ । राप्ती हाइड्रो र हाथवे इन्भेस्टमेन्ट लगानीकर्ताले पनि आज राम्रो मुनाफा आर्जन गरेका छन्। सर्वाधिक कारोबार हुने कम्पनी कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स २६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रहेको छ।
सोलु हाइड्रोपावर २४ करोड ५३ लाख, रुरु जलविद्युत १८ करोड ६७ लाख, साहस ऊर्जा १८ करोड ४१ लाख र तामोर हाइड्रो १३ करोड ५ लाख रुपैयाँको कारोबारसहित शीर्ष पाँचको सूचीमा परेका छन्।