सुचना, समाचार र मनोरन्जन

मणिपाल शिक्षण अस्पताल र पाल्पाली बहुउद्देश्यीय सहकारी बिच सम्झौता

पोखरा/

मणिपाल शिक्षण अस्पताल पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सम्झौता भएको छ ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य परीक्षण प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा बिच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत श्री अनिल अडुविल ज्यु र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष श्री चिरञ्जीवी श्रेष्ठ ज्युले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।

सहकारी संस्थाका निवर्तमान अध्यक्ष श्री कुल प्रसाद घिमिरे, उपाध्यक्ष श्री बाबुराम खनाल र सचिव श्री रेशम रचकको उपस्थितमा हस्ताक्षर भएको छ। जस अनुसार सहकारी संस्थाका शेयर सदस्य, साधारण सदस्य तथा कर्मचारीहरुले संस्थाको परिचय पत्रको आधारमा मनिपाल शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचारमा बिशेष छुट प्राप्त गर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.