काठमाडौँ/
परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने जनाईएको छ। इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सिर २३ गते कतार जानेछन ।
यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।
त्यसअघि मङ्सिर ७ गते मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतसंग छलफल गरेका थिए ।
परराष्ट्रमन्त्री साउदले आज बुधवार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गर्नु भएको छ । कतार बसाइँका क्रममा मन्त्री साउद दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।