सुचना, समाचार र मनोरन्जन
IVF New Banner

आर्मी पुग्यो केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा

काठमाडौँ/

त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीले बाग्मतीलाई ४ विकेटले हराएको हो ।

Exchange and test

टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय २८ रन जोड्यो । त्यसअघि बाग्मतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । प्रतियोगितामा आजै दोस्रो सेमिफाइनलको खेल पनि हुँदै छ ।

दिउँसो एक बजे दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । यो खेल पनि पोखरा रङ्गशालामा हुनेछ । फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Leave A Reply

Your email address will not be published.