काठमाडौँ/
दुवई जान लागेका ३१ जना यात्रु छुटेकोमा क्षमायाचना गर्दै नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज बिहीवार पुर्याउने भएको छ । निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।
हिजो राति ११ बजेको तालिका भए पनि साढे ९ बजे नै उड्नुपर्ने भएकाले यात्रुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत जानकारी गराइएकोमा केही यात्रु छुट्न पुगेका निगमको भनाइ छ । यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरणमा प्रयासरत रहेको पनि निगमले जनाएको छ। निगमले गए राति प्रधानमन्त्री प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटेका थिए । छुटेका यात्रुलाई निगमले होटलमा राखेको छ ।