सुचना, समाचार र मनोरन्जन

कोशीमा मुख्यमन्त्री दाबी पेश गर्ने समय आज सकिदै

काठमाडौँ/

कोशी प्रदेश कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दैछ। काँग्रेस नेता शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसँग सत्ता समीकरण गरेपछिको अवस्थाबारे छलफल गर्न कांग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक आज बस्न लागेको हो।

Pach Pandav

विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने कोशी कांग्रेसले जनाएको छ। विहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि कांग्रेस कोशीका ८ जना सासदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।

आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ।

Leave A Reply

Your email address will not be published.