सुचना, समाचार र मनोरन्जन
IVF New Banner

युरोपका विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

काठमाडौँ/

सर्बिया पठाइदिन्छु भन्दै तीन जनालाई १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा पक्राउ परेका छन् ।

Exchange and test

उनले बलबहादुर थापा मगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ८ लाख रुपैयाँका दरले रकम मागेका थिए । तर १७ लाख १७ हजार रुपैयाँ लिएपछि बास्कोटा फरार भएका थिए । उनले मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै लोभ्याएर रकम ठगेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फरार भएका उनलाई इलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी हिजो पक्राउ गरिएको कार्यालयले जनाएको छ । यस्तै, माल्टा पठाइदिन्छु भन्दै दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ उठाएर फरार भएकी धादिङ त्रिपुरा सुन्दरीकी लक्ष्मी श्रेष्ठ पनि पक्राउ परेकी छिन् ।

माल्टामा मासिक एक लाख रुपैयाँ तलब हुने र त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ भनेर लक्ष्मीले दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएकी थिइन्। उनलाई हिजो बाफलबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.