सुचना, समाचार र मनोरन्जन

पाचौं राष्ट्रपटि रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मावि लाहाचोकलाई

हेमजा/

माछापुच्छे« गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाको द्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा।वि लाहाचोकले हात पारेको छ । महेन्द्रको निरन्तर पाचौं पटकको जित हौ ।

महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा।विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितिय भयो । उदय मा।वि ४ स्वर्ण,४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृयिय भयो । प्रथमले नगद रु १५ हजार ,द्धितियले नगद रु १० हजार र तृतीयले नगद रु ७ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

Chaka Panja

कार्यक्रमलाई सम्वोधन गर्दै माछापुच्छे« गाउँपालिका अध्यक्ष मिन वहादुर गुरुङले शिक्षा संगै खेलकुदलाई पनि प्रथामिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । साथै विद्मार्थीको शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गरेका छन। वडा न.४ का अध्यक्ष मदुसुदन अधिकारीले विगतझै जिल्ल,प्रदेश देखि केन्द्र सम्म स्थान बनाउदै खेलको माध्यमा बाट माछापुच्छे« गाउँपालिकालाई चिनाउन आग्रह गरे।

माछापुच्छे्र गाउँपालिका शिाक्षा शाखा प्रमुख एवं खेल व्यवास्थापन उपसमिति संयोजक सम्झना पोरखेलले खेल भव्य र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको भन्दै सहभागि विद्मालय,विद्मार्थी साथै विभिन्न भुमिकामा रहेका सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

महेन्द्र मा.विको खेल मैदानमा ३० खेलका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक विद्मालयका कुल ३ सय ८३ विद्मार्थीले भाग लिएको शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारीले बताए । गाउँपालिका सामाजित विकास समिती संयोजक हरी वहादुर क्षत्रीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन महेन्द माविका प्रधानध्यापक जगनाथ अधिकारीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.