
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई खाद्यान्नसहित राहत
- आज भदौ ३० गते मङ्गलबारको राशिफल पढ्नुहोस
- पोउवा संघको नवनिर्वाचित समितिलाई इलेक्ट्रो मेकानिकल संघको बधाइ
- दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो
- व्यवसायी प्रदीप कोइराला ‘एशियन प्रोफेशनल्स एचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित
- मण्डला थिएटरमा ‘रातो घेरा’ को इन्डक्ल्याप: दयाहाङ र मिरुनाको जोडी पुन: पर्दामा
- ९० प्रतिशत सकारात्मक प्रतिक्रियापछि अर्जुन पोखरेल उत्साहित, बन्ने भयो ‘बेहुली २’
- चर्किएको घर, चर्किएको मनः आमाको पर्खाइ बोकेर आयो ‘आ बाट आमा २’
- ‘१२ गाउँ’ को पहिलो गीत ‘जुनेली’ रिलिज: पर्दामा समीर र कृशुको धमाकेदार ब्रेकडान्स
- हराउँदै गाउँघरको रैथाने तरकारी
बेष्ट फाइनान्सको अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु
काठमाडौँ/
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ग वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले हिजो अश्विन २५ गते बिहिबारदेखि स्तरोन्नति सहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ कारोवार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा, थप बित्तिय सेवाहरु सहित सो सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको बेष्ट फाइनान्स कम्पनीले जनाएको छ ।

यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाईन खाता (बचत तथा मुद्धती) खोल्न सक्नेछन । साथै भिडियो केवाईसी मार्पmत ग्राहक पहिचान गरी सम्पूर्ण कारोवार गर्न सकिने बताइएको छ ।
केवाईसी अध्यावद्यिक नभएका विद्यमान ग्राहकहरुले अनलाइर्न मार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधा समेत रहेको बेष्ट फाइनान्सले बताएको छ ।