सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पीएसएलको प्लाटिनम समूहको सूचीमा परे सन्दीप लामिछाने

काठमाडौं। नेपाली स्पीनर सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग {पीएसएल}को ड्राफ्टमा परेका छन्। सन्दीप पीएसएलको प्लाटिनम समूहको सूचीमा परेका छन्।

‘प्लाटिनम समूह’ का खेलाडीको मुल्य एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक रहेको छ । सन्दीप एसोसियटस देशबाट विदेशी खेलाडीका रुपमा पीएसएलको ड्राफ्टमा परेका हुन् ।

Safal
IVF Post

सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट २०१९ को पीएसएल खेलेका थिए । पीएसएलको २०२४ संस्करण फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ ।

सन्दीपसँगै पीएसएलको प्लाटिनम समूहमा डेनियल साम्स, एस्टन आगर {दुबै अष्ट्रेलियाका}, फजलहक फारुकी, मुजीब उर रहमान, नूर अहमद, रहमानउल्लाह गुरबाज {सबै अफगानिस्तानका}, बेन डकेट, क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, ल्यूक वुड, रीस टोपले, टम करन, टायमल मिल्स {सबै इङल्याण्डका}, जेम्स निशाम {न्यूजिल्यान्ड}, रस्सी भान डेर डुसेन, इमरान ताहिर {दुबै दक्षिण अफ्रिकाका}, महेश थेक्साना, भानुका राजपाक्षे, दासुन शानाका {सबै श्रीलंकाका}, केरोन पोलार्ड, रोभम्यान पावेल , रोमारियो शेफर्ड, ब्रान्डन किङ र काइल मेयर्स {सबै वेस्ट इन्डिजका} रहेका छन् ।

पीएसएलको खेलाडी अक्सन डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा हुने पीएसएलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.