सुचना, समाचार र मनोरन्जन
IVF New Banner

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ जना बिरामी

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ। २९ जना बिरामी भएका छन्।

बेसीसहर नगरपालिका वडा नम्बर ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका वडा नम्बर ९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए।

Safal

सुन्दरबजार नगरपालिका वडा नम्बर ८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन्। त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आइतबार बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्‍याइएको थियो।

IVF Post

अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु, १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन्।

भोज खाएका सोही पालिकाको वडा नम्बर ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए। भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए। अस्पतालमा बिरामी आउने क्रम जारी छ। घटनाको अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.