सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता

काठमाडौं /

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको अन्तिम दिन आज शुक्रवारसम्म १२ वटा दलले आवेदन दिएका निर्वाचन आयोगले जनाएको छ।

Protin

दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतले आवेदन दिएका छन् । आवेदन परेका दलको निवेदनमाथि भोली आइतवार जाँचबुझ सुुरु हुनेछ।

आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० वटा पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका लागि चुनाव हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।

Leave A Reply

Your email address will not be published.