सुचना, समाचार र मनोरन्जन
Sarangi

इजरायल घटनाप्रति मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त

पोखरा /

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इजरायलका विभिन्न स्थानमा विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले आज शोक वक्तव्य जारी गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

इजरायलको द्वन्द्वमा नेपाली विद्यार्थी बंकरमा फसेको, घाइते भएको र उद्धारको पर्खाइमा रहेको खबर प्राप्त भएको उल्लेख गर्दै उनले यस दुःखद् परिस्थितिमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धार र घाइतेको उद्धार कार्यमा तीव्रता दिन नेपाल सरकार, दूतावास लगायतका विदेशी नियोगसँग अपिल गरेका छन् ।

दुःखद घडीमा मङ्गलबार नेपाल सरकारले राष्ट्रिय शोक घोषणासमेत गरेकाले गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालयमा राष्ट्रिय शोकका रुपमा आधा झण्डा झुकाउने निर्णय गरिएको छ ।

इजरायल र प्यालेस्टाइनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घलगायत अन्य अन्तर्राष्ट्रिय समुदायलाई प्रभावकारी कदम चाल्न मुख्यमन्त्री पाण्डेले अपिल गरेका छन् ।

Leave A Reply

Your email address will not be published.