काठमाडौँ/
प्रदेश नं एक को नाम प्रदेश कमिटीबाट बहुपहिचानमा आधारित प्रदेशको नाम राख्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् ।
‘प्रदेश कमिटीले बहुपहिचानमा जाने निर्णय गरेको छ, अब केन्द्रीय कमिटी बैठकमा जान्छु’, राईले भने । एकीकृत समाजवादीको प्रदेश कमिटीले बहुपहिचानमा आधारित नामाकरण राख्ने निर्णय शुक्रबार गरेको उनले बताए ।