सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री कपमा एपीएफको छैटौँ जित

काठमाडौँ/

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार छैटौँ खेलमा विजयी भएको छ ।

आज बिहीवार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले हरायो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमात्र बनाउन सक्यो । गण्डकीका लागि सृष्टि जैसी र सुमन खतिवडाले समान १७ रन बनाए । बलिङतर्फ एपीएफकी नेरी थापाले ४ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय २७ रन बनायो । एपीएफका लागि ममता चौधरीले नट आउट ४० रन बनाइन् । बलिङतर्फ गण्डकीकी ज्योत्स्निका मरासिनीले २ विकेट लिइन् ।

यो जितसँगै एपीएफ ६ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गण्डकी ६ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ ।

Leave A Reply

Your email address will not be published.