सुचना, समाचार र मनोरन्जन

आफू सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिएका छन् ।

Chaka Panja

यही पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि रामेछापको सुनापति गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।

Leave A Reply

Your email address will not be published.