सुचना, समाचार र मनोरन्जन

नक्कली आइडी बनाएर ‘हनी ट्र्याप’, ३ जना पक्राउ

पोखरा/

पोखरामा नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्र्याप’मा पारेर ठगी गर्ने ३ जना पक्राउ परेका छन् । केटीको नामको आइडी बनाएर पुरुषहरुलाई उनीहरुले हनी ट्र्यापमा पारेका हुन् ।

सुरुमा साथी बनाएर फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए । सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइएको कास्की प्रहरीका प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार तीनैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.