सुचना, समाचार र मनोरन्जन
Sarangi

राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो

राप्रपा अध्यक्ष लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह आज भैरहवा पुगेर पूर्वराजासँग भेटवार्ता गरेका हुन्।

काठमाडौं /

एक सातादेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका छन्।

राप्रपा अध्यक्ष लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह आज भैरहवा पुगेर पूर्वराजासँग भेटवार्ता गरेका हुन्।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भेटपछि पूर्वराजाको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौ र बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।’

पछिल्लो राजनीतिक अवस्था र नागरिक अयिभयन्ता दुर्गा प्रसाईंको घोषित आन्दोलनमा राप्रपाको भूमिका विषयमा छलफल गर्न राप्रपाको टोली पूर्वराजा भेट्न पुगेको बताइएको छ ।

पूर्वराजा शाहले नेपालको पश्चिम क्षेत्रका धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सक्रियता बढाउँदै भैरहवामा बसिरहेको बेला राप्रपा अध्यक्षसहितको टोली उनलाई भेट्न गएको हो।

पुस ८ गते भैरहवा पुगेका पूर्वराजा अहिले मध्यपश्चिम केन्द्रित विभिन्न कार्यक्रममा सहभागीता जनाइरहेका छन्। उनी अहिले भैरहवाको पाँच तारे होटेल सिद्धार्थमा बसेका छन् ।

भैरहवामा रहेका पूर्वराजा शाहले बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिरलगायतका स्थानको भ्रमण गरिसकेका छन्।

शनिबार उनले कपिलबस्तुको शिवराज नगरपालिका-३ मा पृथ्बीनारायण शाहको शालिक अनावरण गरेका थिए ।

बिहीबार पूर्वराजा शाहलाई रुपन्देहीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.