सुचना, समाचार र मनोरन्जन

वार्षिक साधारणसभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक छ: रजिष्ट्रार वाग्ले

पोखरा/
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका निमित्त रजिष्ट्रार चोलाकान्त वाग्लेले वार्षिक साधारण सभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक रहेको बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले वित्तिय अवस्था खराब हुने सहकारीले साधारण सभा समेत गर्न नसकेको बताए ।

उनले पोखरा केही सहकारीको मात्रै वित्तिय अवस्था खराब रहेको बताए । ठुला भनिएका केही सहकारी कै वित्तिय अवस्था खराब देखीएको बताए । उनले सहकारी नीति प्रविधि र विधिबाट चल्नुपर्ने बताउदै सरकारको नियम र कानुन भित्र चलेका सहकारी राम्रो रहेको बताए । उनले अहिले रजिष्ट्रार कार्यालय अर्धन्यायिक संस्था जस्तो भएको भन्दै दिनहँ आउने सर्वसाधरणका समस्या सुन्ने गरेको बताए । वाग्लले सहकारी संचालकलाई बचत कर्ताले रचनात्मक सुझाब दिनु पर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका २३ का वडा अध्यक्ष रामकाजी गुरुले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याएको बताए । उनले सहकारीको मुख्यकामा बचत संकलन, लगानी र ऋण असुली रहेको भन्दै यो सहकारीले तीन वटै काम राम्रो सगँ गरेको बताए । उनले फेवाताल जलाधार क्षेत्रका विकासका लागि त्यस क्षेत्रका चारै जना वडा अध्यक्ष लागि परेको बताए ।

कार्यक्रममा पोखरा २४ का वडा सदस्य रेशम सुबेदी, पोखरा २४ का वडा सचिब इन्द्रबहादुर जिसी, पामे बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष महेश्वर दवाडी, उपाध्यक्ष नवराज पराजुली, सहकारीका सल्लाहकार डिल्लिराम भट्टराई, शिक्षा उसमिति संयोजक घनश्याम अधिकारी, कविता गिरी लगाएतले सहकारीले गाउँ गाउँमा वित्तिय सेवा पु¥याउन सहयोग गरेको बताए ।

साधारणसभाले अध्यक्ष अग्निधर त्रिपाठीले प्रस्तुत गरेको अध्यक्ष वार्षिक प्रतिबेदन, सहकारीका सचिब खेमनाथ तिमिल्सिनाको सचिबको प्रतिबेदन र कोषाध्यक्ष लेखनाथ पराजुलीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन पास गरेको छ । कार्यक्रममा सहकारीका शेयर सदस्यका एइई र कक्षा १२ मा यस वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, ८५ वर्ष माथिका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता लगाएतलाई सम्मान गरेका थिए । उनीहरुलाई पामे सहकारीका अध्यक्ष अग्निधर त्रिपाठी, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका निमित्त रजिष्ट्रार चोलाकान्त वाग्ले, पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङ लगाएतले माला, दोसल्ला, नगद र प्रशंसापत्रले समान गरेका थिए ।

सहकरीमा १ हजार ७ जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड ७ लाख रहको छ । आर्थिक वर्ष २०७९÷८० मा १५ करोड ४८ लाख निक्षेप संकलन गरी २४ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । सहकारीले पामे र पोखरामा शाखा स्थापना गरि सेवा प्रदान गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.