सुचना, समाचार र मनोरन्जन

पोखरा १२ मा वृहत स्वास्थ्य शिविर सम्पन्न

पोखरा /

पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले बृहत् स्वास्थ्य शिविर गरेको छ ।  वडा भित्रका स्थानीयलाई स्वास्थ्य सेवा घर आगनमै दिने उदेश्यले एक दिने शिविर संचालन गरेको हो ।

बिदाको समयमा पनि जनप्रतिनिधि तथा कर्मचारी सहितको टोलीले शिविरमा आएका स्थानीयलाई स्वास्थ्य सेवा दिन सहजीकरण गरेको कार्यबाहक वडाध्यक्ष शान्ति कोइरालाले बताइन् । पोखरा १२ नम्बर वडा कार्यालयको आयोजना तथा नर्सिङ एसोसिएसन अफ अमेरिकाको प्राबिधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

शिविरका लागि अमेरिकाको न्युयोर्क नर्सिङ एसोसिएसनबाट चिकित्सक र स्वास्थ्यकर्मीको टोली आएका थिए । शिविरमा आएका बिदेशी चिकित्सकले नेपाली भासा नबुझ्ने र नेपाली आमा बुवाहरुले राम्रोसग राखेको स्वास्थ्य समस्या नबुझिने सम्भावनालाई मध्ये नजर गर्दै वडा कार्यालयले द्वोभासेको पनि व्यवस्था मिलाएको कार्यबाहक वडाध्यक्ष कोइरालाले बताइन् ।

अमेरिकी डाक्टर सगै वडा भित्रका स्थानीय डाक्टर भिम सिग्देल, बिमल अधिकारी लगायतले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा शरिरको परिक्षण, मधुमेह, उच्च रक्तचाप, दात तथा आँखा परिक्षण गरिएको थियो । त्यस्तै बिरामीको स्वास्थ्य परिक्षण गराएर निशुल्क औषधि समेत बितरण गरिएको छ । शिविरमा करिब तीन सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

Leave A Reply

Your email address will not be published.