सुचना, समाचार र मनोरन्जन
Sarangi

तालचोक कृषि सहकारीमा नयाँ नेतृत्व

लेखनाथ/
पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक कृषि सहकारी संस्थाको आईतवार सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ ।

संचालक समितिको उपाध्यक्षमा केशवचन्द्र सापकोटा, सचिवमा रमा भण्डारी, कोषाध्यक्षमा भुवन शर्मा जमरकट्टेल र सह सचिवमा प्रमिला भट्टराई चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा रेखा नेपाल पौडेल, अनिता ढुगांना, निरा कोईराला, रिता अधिकारी, सुमित्रा न्यौपाने र रुद्ररमण रेग्मी निर्वाचित भएका छन् । सहकारीको लेखा समितिको संयोजकमा रोशन अधिकारी र सदस्यहरुमा डा.सुसिल ओझा र संजिव न्यौपाने रहेका छन् ।

यस अघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले, पछिल्लो समय सहकारीमा देखिएको समस्या नियतबस भएको उल्लेख गरे । उनले आर्थिक अनुशासनमा नरहँदा शेयर सदस्य र निक्षेपकर्ताको रकम जोखिममा परेको बताए । उनले एकै व्यक्तिले करोडौं रुपैया कर्जा लिएर नतिर्ने, पारिवारिक सदस्यका नाउँमा सहकारी दर्ता गर्ने र हजारौंको निक्षेप दुरुपयोग गर्ने गरेको उल्लेख गरे ।

वडाअध्यक्ष गुरुङ्गले महानगरपालिकाले सहकारीको नीति, नियम र लेखा प्रणालीको वारेमा तालिम दिदै आएको उल्लेख गर्दै, एक उत्पादन एक सहकारी मार्फत कृषि सहकारीहरुलाई जोड्ने गरी योजना ल्याएको बताए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठले सहकारीका अगाडी कृषी झुण्डाउने तर उत्पादनका कुनै काम नगर्ने सहकारी चल्न नसक्ने उल्लेख गर्दै, सहकारीको निक्षेप कृषि उत्पादनसँग जोडेर ब्यवासायीक वनाउन आग्रह गरे ।

सहकारी संस्थाका अध्यक्ष बिजय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष प्रवचन न्यौपाने, सल्लाहकार ऋषिराम जमरकट्टेल, तालचोक नौविसे टोलविकास सस्थाकी अध्यक्ष शिव गिरी, संचारकमी नवराज सापकोटा, निर्वतमान अध्यक्ष उत्तम भण्डारी, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष कृष्ण अधिकारी र निर्वाचन समितिका संयोजक धर्मदत्त वराल लगाएतले सहकारीका समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने संस्थाका निर्वतमान अध्यक्ष उत्तम भण्डारी र महिला तर्फ गंगा कुमारी खनाललाई सम्मान गरिएको थियो । सहकारीमा ३ सय १५ जना सदस्य आवद्ध रहेका छन् भने झण्डै चार करोड रुपैया कर्जा प्रवाह भएको छ । सहकारीको चुक्ता पूँजि १ करोड ४८ लाख रुपैया रहेको छ ।

Leave A Reply

Your email address will not be published.