पोखरा /
फिस्टेल नर्सिङ क्याम्पसले प्रविनता प्रमाण पत्र तह नर्सिङ अध्ययनका लागि भर्ना भएका विद्यार्थी, अभिभावकलाई स्वागत तथा “धैर्यताको शक्ति” विषयक उत्प्रेरणामूलक कार्यक्रम आज पोखरामा सम्पन्न गरेको छ ।
सकेसम्म यही देशमा पढेर, बसेर विदेशको जस्तै कमाई गर्न सक्ने वा अध्ययन र कमाईकै लागि विदेश जानै पर्ने भए सक्षम र सामथ्र्यवान भएर स्थान जमाउन सक्ने क्षमता अभिबृद्धि हुनै पर्ने उत्प्रेरक, लाईफ कोच तथा कर्पोरेट ट्रेनर रबिन कटवालले बताए ।
मान्छेलाई शक्तिशाली बनाउने बलियो माध्यम शिक्षा नै भएकोले जतिसुकै अफ्ठेरा पस्थिति आईपरेपनि ज्ञान र धैर्यताको शक्तिले सफलता हासिल गर्न दुविधा नहुने बताए ।
कुनैपनि शिक्षा लिनुस् फरक पर्दैन तर प्रतिफल निकाल्न नसकिने गरि लिएको शिक्षाले जीवनको उज्यालोको यात्रा पार गर्न नसकिने उनले बताए । यदि यस्तो भयो मान्छे बन्न सकिए पनि घर, टोल, समाज, राष्ट्र र विश्व बजारमा बिक्न गाह्रो हुने उनले सुझाए ।
म त नर्सिङको क्षेत्रमा लागेकाहरुलाई भगवान झैं मान्दछु । जसले अरुको जीवनको खुसिको लागि सेवा गर्दछन् । विरामीको परिवार र छिमेकीको खुसिका लागि सेवा गर्दछन् । हासिखुसिका साथ विरामीसंग हुने भलाकुसारीले उनीहरुको आत्मवल बढाउने काम गर्दछ । आधा सन्चो भएको महशुस गरेका थुप्रै प्रसंगहरु हामीसंग छन् । अँझ भनौ स्वंयम नर्सिङमा काम गर्नेहरु महान र उत्प्रेरक हुन् ।
अब ८ देखि १५ वर्षपछि तपाँईहरुको धैर्यताले, गुणस्तरको कामले तपाँईाई मूल्यवान बनाउँछ । तर उसका लागि विद्यार्थीले ज्ञानको दायरालाई फराकिलो बनाउन जरुरी हुन्छ । जति ज्ञान आर्जन गर्यो त्यति नै ज्ञानको दायरा पनि बढ्ने र कहिं गएपनि बिक्न सकिनेमा दुई मत नभएको कटवालले बताए ।
उत्प्रेरक कटवालले मानिसलाई सफलताको शिखरमा पुग्न उसको दैनिक गतिविधिले निर्देश गर्ने बताए । हरेक दिनको सुरुआत समारात्मक सोंच र योजनाबाट शुरु गरे, दिमागमा राम्रा कुराहरुको विकास गर्न सके अरुलाई प्रभाव पार्न सकिन्छ र मान्छेहरुले वाह कस्तो राम्रो मान्छे भन्न पछि पर्ने छैनन् । तर नकारात्मक सोंच र नकारात्मक कर्महरु गर्दै जानेलाई मान्छेले चिन्न पनि छोडिदिने र तिमी को हौ रु भनेर उल्टै प्रश्न गर्ने स्थिति आउने बताए
हामी पेशाप्रति सकारात्मक बन्नुपर्छ । व्यवहार पनि मुसुक्क मुस्काएर गरौं । सफताको भर्याङ चढ्नका लागि कडा मेहनत गरौं । आँश र साहश बटुलौं र लक्ष्यमा पुग्ने कमिटमेन्ट गरौं । तर कम्प्लेन गर्ने बानिलाई त्यागौं ।
जस्ले जीवनमा रापताप, हण्डर ठक्कर, कष्ट सहेर अगाडी बढ्छ उही महान हुनेमा शंका छैन । उही महान हुन्छ र त्यहि मानिसले अरुलाई पनि महान नै देख्छ । तपाँइमा हुने फरक सोंचले नै जिन्दगीको यात्रा असल बन्ने उनले बताए ।
एउटा बरपिपलको जोडिलाई घरमा गमलामा रोपिएको थियो । उनीहरुको राम्रो हेरचाह, मलजल गरिएको थियो । एक जोडि बरपिपल घर बाहिर पर बाटो छेउमा रोपिएको थियो । डेढ दुई दशकपछि एक बाबुले छोरालाई बाल्यकालमा लगाएका ति बरपिपलको नापो लिन पठाए र ति युवाले फरक नतिजा लिएर आए । घरमा रोपिएकाहरुलाई कुनै प्रकारको कमि थिएन ।
उनीहरुलाई पूर्ण सुरक्षाका साथ हेरचाहकासाथ राखिएको थियो तर तिनको उचाई ६ फिटको थियो । जो बाहिर चौतारीमा रोपिएका थिए । उनीहरुको उचाई मापन नै गर्न सकिएको थिएन । उनीहरु बडेमानका १ सय फिट अग्ला थिए । यो कसरी भन्दा ? बाबुले छोरालाई भने, जस्ले जिवनमा रापताप, सहन्छ, हुरीबतास, पानी, झरि, असिनाको चोट खाएको र धैर्यवान हुन्छ नि त्यसैको नतिजा हो । उनले भने मान्छे साच्चिके मान्छे बन्न यस्तै बन्नुपर्छ । यो सब निरन्तर कडा मेहनतको अध्ययनबाट मात्र संभव हुन्छ ।
विद्यालयका अध्यक्ष अशोक पालिखेले नर्सिङको अध्ययन गर्न आएका विद्यार्थी स्वागत र अभिभावकलाई क्याम्पस छनौट गरेकोमा आभार व्यक्त गर्दै अब सबैले आफ्नो दायित्वलाई बिर्सन नहुने बताए । हामीले क्याम्पस चलाई रहँदा दुई पटक गण्डकीको उत्कृष्ट क्याम्पसको उपाधि भनेर पनि पाईसकेका छौं तर अहिले यो रोकिएको छ । पालिखेले भने, यहि कसैले राम्रो गरिरहेको छ भने उत्कृष्टताको प्रमाण दिन किन कन्जुस्याई गरिएको हो रु भनेर प्रश्न गरे । उनले सिटिइभिटि गण्डकीमार्फत केन्द्रमा यसबारे बिचार गर्न कुरा पुर्याउन आग्रह गरे ।
अध्यक्ष पालिखेले विद्यार्थीहरुलाई अनुशासित र ड्यूटिफुल भएर का मगर्न सुझाए भने अभिभावकलाई चाडपर्व वा कुनै बहानामा उनीहरुको पढाईलाई बाधा पर्ने गरी बिहामा बस्न वाध्य नपारि दिन अनुरोध गरे । उनले नर्सिङको पढाई, सिकाई र कार्यक्षेत्र संवेदनशिल भएको र एक सेकेण्डको पनि निकै महत्व हुने भएकोले गम्भिर बन्न आग्रह गरे । सो अवसरमा पालिखेले विदेशी युनिभर्सिटिसंग गाँसिएको असल सम्बन्धको कारण जेहेन्दार विद्यार्थीले छात्रबृति र शिक्षण सिकाईमा हौसला मिलेको बताए ।
पालिखेले कलेजमा सिटिइभिटिबाट सिफारिस भएका ३ सहित पाँच जनाले स्करसिपमा अध्ययन गरिरहेका बताए । उनले विभिन्न व्याचमा उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई ४ लाख २७ हजार ५ सय होसलास्वरुप प्रदान गरे । पिसिएल पहिलो वर्ष तेह्रौं व्याचकी रीता सुवेदीले ९०.५ प्रतिशत अंक ल्याएर प्रथम हुन सफल भएकोमा वधाई दिदैं १ लाख ४२ हजार ५ सय प्रदान गरे ।
चौंधौ व्याचकी पूजा पुनले ८९.४ प्रतिशत अंकलाई उत्कृष्टता हासिल गरेकोमा १ लाख ४२ हजार ५ सय प्रदान गरे । विद्यार्थीको हौसलाका लागि इसियू स्कलरसिपका लागि पहिलो, दोश्रो र तेश्रो वर्षका लागि क्रमसः ३५ हजार, २५ हजार र २५ हजार गरी ८५ हजार प्राप्त भएको बताए । साथै सिक्यूयुबाट पहिलो, दोश्रो र तेश्रो वर्षका लागि क्रमसः ४० हजार, २५ हजार र २५ हजार गरी ९० हजार प्राप्त भएको जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै सिटिईभिटि गण्डकीका प्रमुख दामोदर देवकोटाले फिस्टेल हस्पिटलले गरिरहेको सेवामूलक प्रगति, विकास र क्याम्पसको नतिजा गोरव गर्न लायक भएको बताए । उनले मलुकमा १०८ नर्सिङ कलेज स्थापना भएपनि ४५ वटा मात्रै संचालनमा रहेका र अरु विविध कठिनाईले बन्द भएका बताए । उनले अझैं उत्कृष्ट सेवाका लागि दक्ष नर्सिङककर्मिहरु उत्पादन गर्दै अगाडी बढ्न क्याम्पस परिवारलाई आग्रह गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिान, पोखरा नर्सिङ क्याम्पसका प्रमुख सरिता कार्किले फिस्टेल नर्सिङ उत्कृष्ट क्याम्पस रहेको यहाँ अध्ययन गर्न आउनेका लागि सुविधायुक्त प्लेटफर्म रहेको बताईन् । क्याम्पसका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रमका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरको थिए । संगीता बिसि र एलिना वरालले संचालन गरेका थिए ।